फिदिम । राष्ट्रपति रामचन्द्र पौडेल पाँचथर बहुधार्मिक आध्यात्मिक महोत्सवको उद्घाटन गरेका छन् । पौडेलले पाँचथर बहुमुखी क्याम्पसले आयोजना गरेको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान तथा पाँचथर बहुधार्मिक आध्यात्मिक महोत्सवको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रमलाई संक्षित सम्बोधन गर्दै पौडेलले सबै धर्म र संस्कृतिले गर्दा नेपाल पूर्ण भएको उल्लेख गरे । क्याम्पस सञ्चालक समतिका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका अध्यक्ष दीपक प्रकाश बाँस्कोटाको अध्यक्षतामा महोत्सवको उद्घाटन भएको हो ।
सात दिनसम्म सञ्चालन हुने महोत्सवमा हिन्दु, किँरात र बौद्ध धर्मका गुरुहरुले एउटै मञ्चबाट प्रबचन दिने तयारी गरिएको छ । क्याम्पसको दीगो शैक्षिक उन्नतीका लागि अक्षयकोष स्थापना गर्ने उद्धेस्यले महोत्सवको आयोजना गरिएको हो । महोत्सवबाट पाँच करोड आर्थिक संकलन गर्ने क्यापसले लक्ष्य राखेको छ ।