अमेरिका लैजाने भन्दै काठमाडौंमा बन्धक बनाइएका ११ जना भारतीयको उद्धार

  • प्रकाशित मिति : २०८० फाल्गुन ३, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उनीहरूलाई गएराति काठमाडौंको रातोपुल क्षेत्रबाट उद्धार गरेको जिल्ला प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए ।



खत्रीले भने, ‘हाम्रो परिसरको टोलीले अमेरिका लैजाने भन्दै काठमाडौँमा ल्याएर बन्धक बनाइएका भारतीय नागरिकको उद्धार गरेको छ ।’

प्रहरीले केहीबेरमा घटनाको विस्तृत विवरण सार्वजनिक गर्न लागेको छ ।