काभ्रेको रोशीमा ३ सय जना उद्धारको पर्खाइमा

  • प्रकाशित मिति : २०८१ आश्विन १२, शनिबार
  • nepaltale.com

काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका स्थित कालढुंगा नजिकै खोलाको बिचमा फसेका ३ सय जनाको उद्धार हुन सकेको छैन । रोशीखोला र भ्याकुरेखोलको बिचमा अड्किएका उनीहरूलाई उद्धार गर्ने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरीले बताए ।

अलपत्र परेकाहरूले उद्धार गर्न हेलिकप्टर आवश्यक पर्ने स्थानीयहरू बताउँछन् । कालढुंगा स्थित गाउँपालिकाले निर्माण गरेको डम्फुपार्क रोशीको बाढीले बगाएको छ । कालढुंगाका ८ घर बगेका छन् ।

रोशी तटीय क्षेत्रबाट उद्धार गरिएका करिब ३ हजार स्थानीयलाई मंगलटारमा राखिएको छ । इलाका प्रहरी कार्यालय नजिकैका ३ वटा स्कुलमा उनीहरूलाई व्यवस्थापन गरिएको इन्स्पेक्टर गिरीले जानकारी दिए । -रातोपाटीलाई