काठमाडौं । पश्चिम नेपालमा भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार रुकुमपूर्व र बागलुङ केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको छ ।
रूकुमपूर्व र बाग्लुङको सिमानामा पर्ने पातीहाल्ने केन्द्रबिन्दु साँझ साढे ८ बजे गएको भूकम्प भएर ४.६ म्याग्नेच्यूटको भूकम्प जाँदा लुम्बिनीका अरुकुमपूर्व, र्घाखाँची, गुल्मी, प्यूठान, रोल्पासहित गण्डकीको बागलुङ, पर्वत, कास्कीलगायतका जिल्लामा धक्का महसुस भएको हो ।
ती जिल्लाका स्थानीयले भूकम्पको धक्का महसुस भएको सामाजिक सन्जालमा जनाएका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ८ बजेर २५ मिनेटमा ४।६ म्याग्निच्युडको भूकम्प गएको हो ।