संविधान दिवसको अवसरमा भोलि माइतीघरमा बृहत र्याली

  • प्रकाशित मिति : २०८२ आश्विन ३, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जालले संविधान दिवसको अवसरमा बृहत शान्ति र्याली निकाल्ने भएको छ । ‘भ्रष्टाचारको अन्त्य, सुशासन र शान्ति हाम्रो चाहना ! संविधान रक्षाको गर्दछौं कामना !!’ भन्ने मूल नाराका साथ र्याली निकाल्न थालिएको हो ।

बिहान साढे ७ बजे राजधानीको माइतीघर मण्डलाबाट र्याली निकालिने सञ्जालले जनाएको छ । सञ्जालले उक्त र्यालीमा उपस्थिति जनाउन सबैमा आह्वान गरेको छ । सरकारले पनि विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाउँदै छ ।