राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट निकालेर सिंहदरबार ल्याइएको छ। जेनजी आन्दोलनका क्रममा उनको जेलमुक्ति कसरी भयो भन्ने विषयमा जाँचबुझ आयोगसमक्ष बयानका लागि उनलाई ल्याइएको हो।
उच्चस्तरीय जाँचबुझ आयोगले सिंहदरबारस्थित आफ्नो कार्यालयमा लामिछानेसँग बयान लिने तयारी गरेको छ। यसअघि आयोगका प्रतिनिधिहरू नख्खु कारागारमै पुगेर वस्तुस्थितिको अवलोकन र लामिछानेसँग अनौपचारिक कुराकानी गरेका थिए।
आयोगले यसअघि नै कारागारका जेलरलाई पनि बोलाएर बयान लिइसकेको छ।