स्वदेश फर्किए देउवा दम्पती

  • प्रकाशित मिति : २०८२ कार्तिक २८, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजू राणा देउवा स्वदेश फर्किएका छन् ।

उपचारका लागि सिंगापुर गएका देउवा दम्पती शुक्रबार बेलुका काठमाडौं अवतरण गरेका हुन् ।



देउवा दम्पती जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नै निवासमा भएको आक्रमणमा परी घाइते भएका थिए ।

आक्रमणमा सभापति देउवाको टाउको र घाँटीमा चोट लागेको थियो ।

थप उपचारका लागि देउवा दम्पती गत कात्तिक १० गते सिंगापुर प्रस्थान गरेका थिए ।