एनपीएल सिजन-२ मा ३५ करोड बढी रकम उठ्ने क्यानको अनुमान

  • प्रकाशित मिति : २०८२ कार्तिक २९, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । मंसिर १ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-२ मा ३५ करोड बढी रकम उठ्ने अनुमान गरिएको छ ।

नेपाल क्रिकेट संघ क्यानले सिजन-२ मा स्पोन्सर, टिम, टिकटहरुबाट कुल ३५ करोड बढी उठ्ने अनुमान गरेको हो ।



स्पोन्सरबाट १५ करोड ३० लाख र ८ टीमबाट ९ करोड क्यानका सचिव पारस खड्काले जानकारी दिए ।

टिकटबाट ८ देखि १२ करोड उठ्ने खड्काले बताए । ओटीटीबाट ५ करोड ३० लाख कटाएर बाकी रकमको ७१ प्रतिशत क्यानले पाउनेछ ।

एनपीएलमा ८ फ्रेन्चाइज टोली सहभागी छन् । सबै टोलीले विदेशी खेलाडी अनुबन्ध गरेर अभ्यास गरिरहेका छन् । केही विदेशी खेलाडी नेपाल आइपुगेका छन् भने केही आउँदैछन् ।

एनपीएलको उद्घाटन खेल मंसिर १ गते साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच अपराह्न ४ बजेदेखि सुरु हुनेछ ।