कांग्रेस विशेष महाधिवेशनका लागि भृकुटीमण्डपमा तयारी धमाधम (तस्विरहरु)

  • प्रकाशित मिति : २०८२ पुष २५, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौँको भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवेशनको तयारी तीव्र पारिएको छ । बिहानै ५ बजेदेखि नै कार्यकर्ताहरू चार तारे झन्डाले भृकुटीमण्डप र आसपास क्षेत्र सिँगार्न व्यस्त छन् ।

बहुमत महाधिवेशन प्रतिनिधिको आग्रहमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरेका हुन् । महाधिवेशन पुस २७ र २८ मा गर्ने तयारी छ ।



तर कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन विधान विपरित भएको भन्दै सहभागी नहुन नेता काराकर्तालाई आग्रह गर्दै आएको छ ।