कांग्रेस विशेष महाधिवेशनमा २६६२ प्रतिनिधिको हस्ताक्षर, कुन प्रदेशबाट कति ?

  • प्रकाशित मिति : २०८२ पुष २७, आईतवार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहभागी हुन अहिलेसम्म २६६२ जनाले हस्ताक्षर गरेका छन् ।

दोस्रो विशेष महाधिवेशन सचिवालयका तर्फबाट युवराज पाण्डेयले दिएको जानकारी अनुसार कोशीबाट ४२५, मधेशबाट ४४६ र बागमतीबाट ४३२ जना प्रतिनिधिले हस्ताक्षर गरेका हुन् ।



यस्तै गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४, सुदूरपश्चिमबाट १५८, उपत्यकाबाट १७८ तथा भातृ, शुभेच्छुक र जनसम्पर्कबाट १९५ जनाले हस्ताक्षर गरेका छन् ।

कांग्रेसमा कुल ४७ सय ४३ महाधिवेशन प्रतिनिधि छन् ।

भोलि बिहानबाट प्रक्रिया पुनः सुरु हुने उनले बताए ।