कांग्रेस केन्द्रीय समिति बैठक भोलि विहान ८ बजे बस्ने

  • प्रकाशित मिति : २०८२ पुष २९, मंगलवार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भोलि बिहानसम्मका लागि स्थगित भएको छ ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साँझ केही बेर बसेर भोलि बिहान ८ बजेसम्मका लागि स्थगित भएको हो ।



यता विशेष महाधिवेशन पक्षधर नेताहरू भने अहिले धमाधम मनोनयन दर्ता गरिरहेका छन् ।

यो सँगै कांग्रेसमा सहमतिको सम्भावना कमजोर बन्दै गएको छ ।