होटल व्यवसाय छिट्टै सञ्चालनमा आउँछ : मन्त्री भट्टराई

  • प्रकाशित मिति : २०७७ असार १९, शुक्रबार
  • nepaltale.com

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले होटल व्यवसाय छिट्टै सञ्चालनमा आउने बताउनुभएको छ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भट्टराई कोरोना संक्रमण जोखिमको अवस्था हेरेर व्यवसाय सञ्चालनका लागि आवश्यक छलफल भइरहेको बताउनुभयो। अहिलेको पर्यटक÷ग्राहक नै आउन नसक्ने अवस्थामा होटल सञ्चालन गरेर मात्रै नहुने उहाँले बताउनुभयो।

व्यवसायीहरुले सञ्चालन अनुमतिका लागि पटक पटक आग्रह गरेपनि छलफल चलिरहेको उहाँले बताउनुभयो। भोली होटल सञ्चालनमा आएपछि कसरी सतर्कता अपनाउने भन्ने विषयमा पर्यटन बोर्डसँग मिलेर काम भइरहेको उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘मान्छे आएर बस्नुप¥यो, मान्छे बस्नुप¥यो। पर्यटकहरु आउनुप¥यो। आन्तरिक पर्यटक पनि आउनुप¥यो। होटलमा बस्न सुरक्षित छैन् । सामाजिक दुरी छैन्। अरु उपायहरु अवलम्बन भएको छैन भने होटल खोलेर मात्रै को आउँछ ? त्यसैले प्रत्येक पर्यटकिय क्षेत्रहरुलाई आवश्यक प्रोटोकल तयार गर्नुहोस् भनेर जारी भएको छ। सबै ठाउँमा पुगेको छ। सबै होटल व्यवसायीहरुले त्यो अनुसार आफुलाई तयारीमा राख्नुपर्यो ।’’ व्यवसायीहरुले होटल सञ्चालनका लागि आवश्यक प्रोटोकल तयार गरेर आए छलफल गर्न सकिने उहाँले बताउनुभयो।

एयरलाइन्सहरुले पनि आवश्यक प्रोटोकल बनाएका छन्। तर,सञ्चालनका लागि केही समय अझै लाग्ने उहाँले बताउनुभयो। होटल र एयरलाइन्ससँग अरु कुराहरु पनि जोडिएको उहाँले बताउनुभयो।

कोरोना संक्रमणको ग्राफ बढ्दै गइरहेको उल्लेख गर्दै उहाँले अरु देशहरुको तथ्याङ्क अध्ययन गर्दै पर्यटन क्षेत्रका व्यक्तिहरुसँग सल्लाह गरी छिट्टै सञ्चालनका लािग सीसीएमसीमा प्रस्ताव लिएर जाने उहाँले बताउनुभयो।

मन्त्री भट्टराईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्पूर्ण काम आगामी डिसेम्बर २० सम्म सम्पन्न हुने बताउनुभयो। निर्माणको काम सकिएपछि करिब तीन महिना सञ्चालनको पूर्व तयारी गरी व्यवसायीक उडान भर्ने उहाँले बताउनुभयो।

कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि जारी भएको लक डाउनका कारण पर्यटन क्षेत्रमा ८ लाखको रोजगारीमा असर परेको उहाँले बताउनुभयो।

सरकारी र नीजि क्षेत्रबाट गरी पर्यटन क्षेत्रमा १० खर्ब बढीको लगानी रहेको उल्लेख गर्दै उहाँले साढे २ लाख प्रत्यक्ष र ८ लाख मान्छे आंशिक रुपमा पर्यटन व्यवसायसँग जोडिएको उहाँले बताउनुभयो।

कोभिडका कारण कर्मचारीहरुलाई तलब दिनुपर्ने संकट उत्पन्न भएको उहाँको भनाई छ।

वास्थ्य सामग्री ढुवानीको पैसा ओम्नी समूहले अहिलेसम्म भुक्तानी नगरेको उहाँले बताउनुभयो। चीनबाट स्वास्थ्य सामग्री ल्याउन स्वास्थ्य मन्त्रालयबाट टेण्डर पाएको विवादीत ओम्नी समुहले अहिलेसम्म ढुवानी बाफतको रकम एयरलाइन्सलाई दिएको छैन्।

उहाँले भन्नुभयो, ‘‘टेण्डरमा ढुवानी भएका सामानको पैसा पाउन बाँकी रहेको छ। एयरलाइनसले पाउन बाँकी छ। हामी लिन्छौँ । नेपाल एयरलाइन्सले छिन्छ। छट्टै लिन्छौँ। ठेकेदारले पैसा कमाएको छ हामीले किन स्वयमसेवा गर्ने? ओम्नी समूहले पैसा तिर्नुपर्छ त्यसको जिम्मेवारी स्वास्थ्य मन्त्रलाय हुन्छ।’’

कोरोना पु¥याएको क्षति पछि कसरी पुनस्र्थापना गर्ने भन्ने विषयमा आवश्यक छलफल चलिरहेको उहाँले बताउनुभयो।

देशको अर्थतन्त्रलाई ध्यानमा राख्दै बजेटमाफर्त ५० अर्बको पुर्नकर्जाका लागि कोष बनाइएको उहाँले बताउनुभयो।

१ खर्बको अर्को कोष बनाइएको उल्लेख गर्दै उहाँले पर्यटन क्षेत्रमा परेको असरलाई कसरी सम्बोधन गर्ने अहिले २० करोडको एउटा कोष बनाइएको बताउनुभयो।