सुर्खेत । कर्णाली प्रदेशका एक जना सांसदलाई कोरोनाभाइरस पोजेटिभ देखिएको छ।
सोमबार पिसिआर परीक्षण गर्दा उनका कोरोना संक्रमण देखिएको प्रदेश सभाले जनाएको छ।। कोरोना देखिएसँगै उनलाई आइसोलेसनमा राखिएको छ ।
उनको अवस्था सामान्य रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
सभामुख राजबहादुर शााहीका अनुसार एक जना सांसदमा कोरोना संक्रमण देखिएपछि उनीसँग सम्पर्कमा रहेका सांसद तथा अन्य व्यक्तिको ट्रेसिङ भइरहेको छ ।