नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

  • प्रकाशित मिति : २०७७ श्रावण ४, आईतवार
  • nepaltale.com

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ।

शनिवार सचिवालय बैठकको निर्णय अनुसार आजका दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो।

अर्को बैठक मंगलबार ११ बजेका लागि बोलाइएको छ।

नेकपा केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजाल र श्रीराम ढकालले संयुक्त विज्ञप्ति प्रकाशित गरी ६ गते ११ बजे सम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका छन्।

असार १० गतेबाट शुरु भएको नेकपा स्थायी कमिटी यसअघि ६ पटक स्थगित भइसकेको छ।