मेलम्चीमा फेरि बाढी, शनिवार बिहानै बगायो एक घर

  • प्रकाशित मिति : २०७८ असार १२, शनिबार
  • nepaltale.com

मेलम्ची । लगातारको वर्षाले मेलम्चीमा फेरि एउटा घरगाएको छ ।

शनिवार विहानै मेलम्ची–११ मा अवस्थित एक घर बाढीले बगाएको हो ।

स्थानीय गोपाल दुलालको ३ तल्ले घर बिहान आएको बाढीले ढालेको स्थानीय रेडियो मेलम्चीले जनाएको छ । शुक्रवारदेखि परेको पानीले अहिले खोलाको बहाव फेरि बढेको छ ।

त्यसैले मेलम्ची र इन्द्रावती नदी तट र तल्लो भेगका खोला किनारामा रहनेलाई सुरक्षित रहन अनुरोध गरिएको छ ।