गृहमन्त्री ओमप्रकाश अर्यालको स्पष्टिकरण : दल खोल्दिनँ, चुनाव पनि लड्दिनँ

  • प्रकाशित मिति : २०८२ कार्तिक २८, शुक्रबार
  • नेपाल टेल संवाददाता

गृहमन्त्री ओमप्रकाश अर्यालले आफूले कुनै राजनीतिक दल खोल्ने वा चुनाव लड्ने मनसाय नराखेको स्पष्ट पारेका छन्। उनले संविधानको शपथ लिएर आएको र त्यसप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।

राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबार बसेको बैठकमा सांसद किरणबाबु श्रेष्ठले ‘गृहमन्त्रीले दल खोल्ने वा चुनाव लड्ने तयारी गरेका हुन् कि ?’ भन्ने प्रश्न सोधेका थिए।



जवाफमा गृहमन्त्री अर्यालले तत्कालै प्रतिवाद गर्दै भने, ‘म दल खोल्दिनँ, चुनाव पनि लड्दिनँ।’

बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले संविधानप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्‍याए। उनले भने, ‘संविधानमा सुधार आवश्यक देखिए पनि त्यसको प्रक्रिया संसद्‌मार्फत नै हुनुपर्छ।’

अर्यालले थपे, ‘जसले अरू कुरा गर्नुहुन्छ, उहाँहरूलाई संविधानको बाटोमा आउन हामीले आग्रह गरेका छौँ।’

गृहमन्त्री अर्याल आजको समितिको बैठकमा देशको शान्ति–सुरक्षा अवस्था र आगामी निर्वाचन तयारीबारे जानकारी गराउन उपस्थित भएका थिए।