अन्तर्राष्ट्रिय उडान आजदेखि सुरु, आज दुईवटा मात्रै उडान हुने

  • प्रकाशित मिति : २०७८ असार १०, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । कोरोना भाइरसको जोखिम र संक्रमणको कारण रोकिएको अन्तर्राष्ट्रिय उडान आजदेखि सुरु हुँदैछ । सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेअनुसार आजदेखि अन्तर्राष्ट्रिय उडान सुरु हुनेछ भने आगामी असार १७ गतेदेखि आन्तरिक उडान खुल्नेछ ।

आज पहिलो दिन दुई वटा मात्रै उडान हुनेछ। नेपाल एयरलाइन्सले कतारको दोहाका लागि उडान भर्नेछ भने टर्कीस एयरलाइन्सले इस्तानबुलबाट यात्रु लिएर आउने नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।



जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी अर्को आदेश नभएसम्मका लागि उडान सुरु हुन लागेको क्षेत्री भनाइ छ । कुल संख्याको ५० प्रतिशत नबढ्ने गरी उडान भर्न सरकारले दिएको निर्देशन अनुसार नै व्यवस्थान गरिएको प्रवक्ता क्षेत्रीले बताए । उडानको मिति तोक्ने जिम्मेवारी मन्त्रिपरिषद बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई दिएको थियो ।

मन्त्रालयले आगामी जुन ३० तारिख सम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ। कोरोनाका कारण केहि हप्ता यता उडान रोकिएको छ ।